मलेशियामा रोजगार
शुन्य लागत (Zero Cost) मा मलेशियामा वैदेशिक रोजगार
बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी :
१. आफ्नो नाममा भिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनु होला।
२. आफु काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नंः हरु साथमा राख्नु होला । आफु कठिनाईमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।
३. यस विज्ञापन (सूचना) मा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
४. विदेश जानु अघि अभिमुखीकरण वा इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ ।
५. विदेश जानु अघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रोसँग पढेर मात्र सम्झौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रति आफुस“ग राख्नु होला ।
६. काममा विदेश जादाँ नेपालकै विमानस्थल प्रयोग गर्नु होला, अन्यथा ठगिने सम्भावना हुन्छ ।
७. यस विज्ञापन सम्बन्धमा थप केही बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग, बुद्धनगरमा सम्पर्क गर्नु होला ।